नेपालगन्ज,चैत ७ । सल्यानबागस्थित शर्मा होटलमा मंगलबार साँझ १२ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बाँके जिल्ला बैजापुर गाविसकी ती बालिकालाई बेहोस अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पु(याएको थियो । बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ । निश्चित रकम असुल गरेर बालिकालाई नियोजित रूपमा बलात्कारको सिकार बनाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले होटलका सञ्चालक दम्पतीसहित तीन जनालाई पक्राउ गरे पनि बलात्कारी भने फरार रहेको जनाइएको छ ।


चितवन,चैत ७ । गैंडाको खाग सहित प्रहरीले चार जनालाई चितवनबाट पक्राउ गरेको छ । भरतपुर नगरपालिका २ क्षेत्रपुरबाट गैंडाको खाग सहित भरतपुर
नगरपालिका-२ का ३६ वषिर्य भिम बहादुर बि क, ४४ वषिर्य आश बहादुर सुनार, कृष्ण गहतराज र गोर्खा जिल्ला बारपाक-९ लाप्राकका ५० वषिर्य धन बहादुर गुरु, १ केजी १ सय १५ ग्रामको गैंडाको खाग सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख दिपक कुमार थापाले जानकारी दिनुभयो । साथै प्ररारभिक अनुसन्धानमा सो खाग ६० लाखमा विक्रि गर्न लागेको प्रहरीलाई वयान दिएको उहाँले वताउनुभयो । केन्द्रिय अनुसन्धान व्युरो (सिविआई० र चितवन प्रहरीको विशेष टोली मा उनीहरुलाई पक्राउ गरेको हो । ब्युरो र चितवन प्रहरीले एक हप्ता अघि देखि यस समुहलाइ पिछा गरिरहेको थियो । अवैध रुपमा बिक्रीका लागि लुकाई राखेको अवस्थामा प्रहरीले उनीहरुलाई खाग सहित पक्राउ गरेको हो । उनीहरुलाई बरामद खाग सहित आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यलय चितवनमा राखेको र आरोपी लाई आवश्यक कार्वाहीका लागी जिल्ला वन कार्यलय चितवनलाई बुझाउने थापाले वताए । नेपालको कानुनमा यस्तो अपराधमा ५ वर्ष देखि १५ वर्षसम्मको कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।


काठमाडौं,चैत ७  । नेकपा एमालेले उच्चस्तरीय राजनीतिक समितिमा प्रमुख तीन नेतालाई पठाउने निर्णय गरेको छ । यसअघि अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम रहेकोमा बुधाबारको स्थायी समितिले गौतमलाई फिर्ता बोलाएर बरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीलाई पठाउने निर्णय गरेको हो । स्रोतका अनुसार अध्यक्ष खनाललाई ‘चेक’ गर्न बुहमतको दवावमा नेपाल र ओलीलाई पठाउने निर्णय भएको हो । अध्यक्ष खनालले पार्टी नीति विपरित निर्णय गरेको भन्दै आलोचना भएपछि बैठकले गौतमलाई फिर्ता बोलाएर नेपाल र ओलीलाई पठाउने निर्णय गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।  ज्ञवालीका अनुसार अख्तियारमा लोकमान सिंह कार्कीको नियुक्तिका विषयमा पार्टीमा चर्को आलोचना भएको थियो । बुधवारको बैठकले अब बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा पनि तय गरेको छ ।  संविधानसभाको चुनावलाई केन्द्रित गरेर कार्यक्रम ल्याउने, सदस्यहरुको मनोनयन गर्ने र कार्यविधान गर्ने विषयमा एजेण्डा तय गरिएको अर्का सचिव शंकर पोखरेलले बताउनुभयो । चुनावलाई रणनीतिक रुपमा प्रयोग गर्ने विषयमा पनि छलफल भएको सचिव पोखरेलले बताउनुभयो ।

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS